Isaiah 29:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब तिमीहरूले मैले दिएका बाल-बालिका देखौला, तब म इस्राएलका पवित्र परमेश्‍वर हुँ भनी ग्रहण गर्नेछौ। तिमीहरूले मेरो आदर गर्नेछौ र भय मान्‍नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिनीहरूले आफ्‍ना बीचमा आफ्‍नै छोराछोरीहरू, मेरा हातको कामलाई देख्‍छन्, तिनीहरूले मेरो नाउँ पवित्र तुल्‍याउनेछन्‌। तिनीहरूले याकूबका परमपवित्रलाई पवित्र भनी स्‍वीकार गर्नेछन्‌ र इस्राएलका परमेश्‍वरको भय मान्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफ्ना बीचमा आफ्नै छोराछोरीहरू, मेरा हातको कामलाई देख्नेछन्; तिनीहरूले मेरो नामलाई पवित्र राख्नेछन्; तिनीहरूले याकोबका पवित्र परमेश्‍वरको पवित्रता स्वीकार गर्नेछन्; अनि इस्राएलका परमेश्‍वरको डर श्रद्धासाथ राख्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
उसले आफ्नो छोरा-छोरीहरू देख्नेछ अनि उसले मलाई मेरो नाउँ पवित्र छ भन्नेछ। ती केटा-केटीलाई मैले आफ्ना हातहरूले बनाएँ। अनि ती केटा-केटीहरूले याकूबका पर-मपवित्र एकदमै विशेष प्रकारको रहेछ भन्नेछन्। ती केटाकेटीहरूले इस्राएलका परमेश्वरलाई मान्ने छन्।