Isaiah 29:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेम पातालबाट बोल्‍ने चेष्‍टा गर्ने प्रेतको सोरजस्‍तो र दुलोभित्रबाट निस्‍कने मधुरो सोरजस्‍तो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ तल खसालिनेछस्‌ र भूइँबाट बोल्‍नेछस्, तेरो अस्‍पष्‍ट शब्‍द धूलोभित्रबाट निस्‍कनेछ, तेरो सोर प्रेतको जस्‍तो पृथ्‍वीबाट निस्‍कनेछ, र तेरो बोलीले धूलोभित्रबाट कानेखुसी गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ होच्याइनेछेस्, र भुइँबाट बोल्नेछेस्; धुलोबाट तेरो बोली अस्पष्‍ट सुनिनेछ। तेरो सोर प्रेतको जस्तो पृथ्वीबाट आउनेछ; धुलोबाट तेरो कानेखुसी सुनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
अनि भूईंमा ढल्यौ। अब, म भूईंबाट प्रेतको आवाज जस्तो तिम्रो आवाज सुन्दछु तिम्रो शब्दहरू मैलाबाट आउने सुक्खा आवाज जस्तो छ।”