Isaiah 29:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमेश्‍वरको वेदीको सहरमाथि आक्रमण गर्न सेनाहरू सबै तिनीहरूका हात-हतियार र सरसामानहरू सबै थोक सपनाझैँ, रातका कल्‍पनाझैँ बिलाइजानेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरीएलको विरुद्धमा लड़ाइँ गर्न सारा जाति-जातिहरूका भीड़हरू, जसले त्‍यसको किल्‍लालाई आक्रमण गर्छन्, र त्‍यसलाई घेरा लगाउँछन्, ती सपनाझैँ, अर्थात्‌ रातको दर्शनझैँ हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब अरीएलको विरुद्धमा लडाइँ गर्ने, र त्यसका किल्‍लामाथि आक्रमण गरेर त्यसलाई घेरा हाल्ने, सबै राष्ट्रहरूका दलहरू सपनाझैँ, र रातको दर्शनझैँ हुनेछन्;
Nepali ERV (पवित्र बाइबल)
धेरै-धेरै जातिहरू अरीएलको विरूद्ध युद्ध गर्न तयार भए यो एक भयानक सपना जस्तो थियो। सैनिकहरूले अरीएललाई घेरेर दण्डित गरे।