Isaiah 29:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ तर ब्यूझँदा त्यो भोकै हुन्छ अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिइरहेको देख्छ तर ब्यूझँदा घाँटी सुकिरहेको र तिर्खा नमेटिएको हुन्छ सियोन पर्वतको विरुद्धमा लड्ने सबै जाति-जातिका भीडहरूको दशा पनि त्यस्तै हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर ब्यूझँदा त्यो भोकै हुन्छ, अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिइरहेको देख्छ, तर ब्यूझँदा घाँटी सुकिरहेको र तिर्खा नमेटिएको हुन्छ। सियोन पर्वतको विरुद्धमा लड्ने सबै जाति-जातिका भीड़हरूको दशा पनि त्यस्तै हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी भोकाएको मानिसले सपनामा खाएको देख्छ, तर बिउँझँदा त्यो भोकै हुन्छ; अथवा जसरी तिर्खाएको मानिसले सपनामा पानी पिएको देख्छ, तर त्यो बिउँझँदा आफू तिर्खाएको र दुर्बल रहेको हुन्छ। सियोन पर्वतको विरुद्ध लडाइँ गर्ने सबै राष्ट्रहरूका दलहरू पनि त्यस्तै हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर यो पनि सैन्यहरूको लागि सपना जस्तै भयो। तिनीहरूले मन पराएको केही भेटेनन्। यो एक जना भोको मानिसले भोजनको सपना देखे जस्तै थियो। जब त्यो मानिस ब्यूँझिन्छ, ऊ भोकै हुनेछ। यो एकजना तिर्खाएको मानिसले देखेको पानीको सपना जस्तै हुनेछ। जब मानिस ब्यूँझन्छ, ऊ तिर्खाएकै हुन्छ। यो सियोनको विरोधमा लड्ने प्रत्येक राष्ट्रको लागि साँचो हो, ती राष्ट्रहरू सन्तुष्ट थिएनन्।