Isaiah 3:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ठिटाहरूले मेरा प्रजाहरूलाई अत्याचार गर्छन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन्। हे मेरा प्रजा, तिम्रा अगुवाहरूले तिमीहरूलाई कुबाटोतिर लैजाँदै छन् र तिमीहरू बाटोमा अलमलिएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो प्रजालाई युवाहरूले अत्याचार गर्दछन्, र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा प्रजा, तिमीहरूलाई डोर्याउनेहरूले तिमीहरूलाई बरालेर लगेका छन्, र तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्।
Nepali ERV (पवित्र बाइबल)
युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्।