Isaiah 3:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्ना प्रजाका प्रधानहरू र अगुवाहरूको न्याय गर्नुहुनेछ। उहाँले तिनीहरूमाथि यस्तो दोष लगाउनुहुन्छ: “तिमीहरूले दाखबारी लुटेका छौ। गरीबहरूबाट लुटेका मालले तिमीहरूका घर भरिएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना प्रजाका धर्म-गुरुहरू र शासकहरूका विरुद्धमा परमप्रभुले न्याय गर्नुहुन्छ। “मेरो दाखबारी नष्ट पार्ने तिमीहरू नै हौ। गरीबहरूलाई लुटेका माल तिमीहरूकै घरमा छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले आफ्ना मानिसहरूका प्रधानहरू र अगुवाहरूको विरुद्ध न्याय गर्नुहुन्छ: “मेरो दाखबारी नष्ट पार्ने तिमीहरू नै हौ; गरिबहरूबाट लिइएका लुटको माल तिमीहरूका घरहरूमा छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले ती बूढा-प्रधानहरू र अगुवाहरूका विरूद्धमा उनीहरूका कुकर्मकोलागि आफ्नो न्याय दिनुहुनेछ। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले दाखबारीहरू जलायौ। तिमीहरूले गरीब मानिसहरूका धन-सम्पत्ति लुट्यौ जो अहिले सम्म तिमीहरूको घर-घरमा छँदैछ।