Isaiah 3:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभयो, “हेर, यरूशलेमका स्‍त्रीहरू कति घमण्‍डी छन्। तिनीहरू नाक ठाडो पारेर हिँड्छन्। तिनीहरू आँखा नचाउँदै पात्तिएर छोटो कदममा कल्‍ली छम्छम्‌ पार्दै हिड्‌छन्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्‍नुहुन्‍छ, “सियोनका स्‍त्रीहरू अहङ्कारी छन्, र मुण्‍टो ठाड़ो गर्दै, चञ्‍चले आँखा गर्दै, कल्‍ली पहिरी छमछम गर्दै ससाना कदम चालेर हिँड्‌छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह भन्‍नुहुन्छ, “सियोनका स्त्रीहरू अभिमानी छन्, तिनीहरू गर्दन ठड्याउँदै र विलासी आँखाहरू तर्काउँदै, नक्‍कल पार्दै कल्‍ली लगाएर छमछम गर्दै हिँड्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “सियोनका स्त्रीहरू अत्यन्त अहंकारी भएका छन्। तिनीहरू शिर ठाडो पारेर वरिपरि हिडिरहन्छन्, मानौ अरू भन्दा तिनीहरू असल हुन्। ती स्त्रीहरू आँखाहरू झिम्काउँदै हिँडिरहन्छन्। तिनीहरू आफ्ना पायलहरू झन्काउँदै स्वाङ्ग पारेर वरिपरि नाँच्दै घुमिहिँड्छन्।”