Isaiah 3:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुगन्‍धित अत्तरका सट्टामा सडेको दुर्गन्‍ध, राम्रा पटुकाका सट्टामा खस्रो डोरी रहनेछन्। सुन्‍दर केशका सट्टामा तालु-चिण्‍डे हुनेछन् र सुन्‍दर वस्‍त्रका सट्टामा बोरा लाउनेछन्। तिनीहरूको सुन्‍दरता शर्ममा बदलिनेछ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुगन्‍धित मसलाको सट्टामा सड़ेको दुर्गन्‍ध हुनेछ, र पटुकाको सट्टामा डोरी, राम्ररी बाटेको कपालको सट्टामा मुडुली हुनेछ, सुन्‍दर वस्‍त्रको सट्टामा भाङ्‌ग्राको लुगा र सुन्‍दरताको सट्टामा डामै-डाम हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुगन्धको सट्टामा दुर्गन्ध हुनेछ; पटुकाको साटो डोरी; राम्ररी कोरिएको केशको साटो मुडुलो टाउको हुनेछ; मसिनो वस्त्रको साटो भाङ्ग्रा; सुन्दरताको साटो डामै-डाम हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ती स्त्रीहरूले अब सुगन्धको सट्टामा दुर्गन्ध पाउनेछन्। अहिले तिनीहरूले पटुका बाँधेकाछन् तर त्यस समयमा तिनीहरूले डोरी बाँध्ने छन्। अहिले तिनीहरूको केश सुहाउदो पारेर बाटेकाछन् तर त्यस समयमा केश खौरेर एउटा केश सम्म टाउकोमा हुनेछैन्। अहिले तिनीहरूसंग आर्कषक पहिरन छ तर त्यस समयमा तिनीहरूले शोक मनाउने पहिरन लाउनेछन्। अहिले तिनीहरूका अनुहारमा सुन्दर चिन्हहरू छन्। तर त्यस समयमा त्यहाँ अर्कै दागहरू हुनेछन्। ती दागहरू डामेका दागहरू हुनेछन्।