Isaiah 3:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका मूल-ढोकाहरूमा रुवावासी हुनेछ र भूइँमा नाङ्गै पारी बसाएकी स्‍त्रीजस्तै सारा सहर उजाड हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनका मूल ढोकाहरूले विलाप गर्नेछन्‌ र रुनेछन्‌। भूइँमा नाङ्गै बसेकी स्‍त्रीजस्‍तै त्‍यो सहर उजाड़ हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनका मूलढोकाहरूले बिलौना र शोक गर्नेछन्; आश्रयविहीन भई तिनी भुइँमा बस्‍नेछिन्।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ रूवाई र उदासीनता छाउनेछ। शहरको प्रवेशद्वारको सभाहरूमा रूनु पर्दछ। यरूशलेम चोरहरू र डाकूहरूबाट सबै थोकहरू लुटिएर खाली हात बसेकी स्त्री जस्तै हुनेछे। उसले त्यस बेला भूईंमा बसेर विलाप गर्छे।