Isaiah 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरू एउटाले अर्काबाट लाभ उठाउनेछन्। युवाहरूले बुढा-पाकालाई र व्‍यर्थका मानिसहरूले आफूभन्दा ठूला व्‍यक्तिहरूलाई मान गर्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा मानिसले अर्कालाई दमन गर्नेछ। एउटा मानिस अर्को मानिसको विरुद्ध, छिमेकी छिमेकीको विरुद्ध, बुढापाकाको विरुद्ध ठिटा र आदरणीयको विरुद्धमा तुच्‍छ उठ्‌नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूले एक-अर्कालाई अत्याचार गर्नेछन्; मानिसको विरुद्धमा मानिस, छिमेकीको विरुद्धमा छिमेकी उठ्नेछ। वृद्धको विरुद्धमा जवान, र सम्मानितको विरुद्धमा तुच्छ खडा हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक मानिस अर्को मानिसको विरोधी हुनेछ। यसर्थ सबै जन नै पिरोलिनेछन्। युवाहरूले ठूला बडाहरूको आदर गर्ने छैनन्। साधरण मानिसहरूले महत्वपूर्ण मानिसहरूको विश्वास गर्ने छैनन्।”