Isaiah 3:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्चै हो, यरूशलेम सर्वनाश हुनेछ। यहूदा खतम हुँदै छ। तिनीहरूले भनेका र गरेका सबै कुरा परमप्रभुको विरुद्धमा छन्। खुल्लमखुल्ला तिनीहरूले परमेश्वरको अपमान गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेम धरमरिँदैछ, यहूदाको पतन हुँदैछ, तिनीहरूका वचन र काम परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमापूर्ण उपस्थितिलाई तिनीहरू खुल्लमखुल्ला विरोध गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेम धरमरिँदैछ, यहूदा लड्दैछ; तिनीहरूका वचन र कामहरू याहवेहको विरुद्ध छन्; तिनीहरू उहाँको महिमित उपस्थितिको बेवास्ता गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
यस्तो घटना हुनेछ किनभने यरूशलेमले ठक्कर खाएको छ र साथै गल्ती काम गरेको छ। यहूदाको पतन भयो अनि परमेश्वरलाई पछ्याउन छोडे। जुन कामहरू तिनीहरूले गर्छन अनि भन्छन तिनीहरू परमप्रभुकै विरूद्धमा हुन्छन्। परमेश्वरको महिमामय आँखहरूले ती सबै कुराहरू छर्लङ्ग देख्नु हुन्छ।