Isaiah 3:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूको पक्षपात तिनीहरूको विरुद्धमा खडा हुनेछ। सदोमवासीहरूले जस्तै तिनीहरूले खुलस्त पाप गर्छन्। तिनीहरूको विनाश अवश्य नै हुनेछ र तिनीहरू आफैंले आफूमाथि विनाश ल्याएका हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका अनुहारले नै तिनीहरूका विरुद्धमा गवाही दिन्छन्। सदोमझैँ तिनीहरू आफ्नो पापको प्रदर्शन गर्दछन्। तिनीहरू यसलाई लुकाउँदैनन्। तिनीहरूलाई धिक्कार! तिनीहरूले आफैमाथि सर्वनाश ल्याएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका अनुहारले तिनीहरूकै विरुद्धमा साक्षी दिन्छ; तिनीहरूले सदोमले झैँ आफ्ना पापको प्रदर्शन गरेका छन्; तिनीहरूले ती लुकाउँदैनन्। तिनीहरूलाई धिक्कार! तिनीहरू आफैँले आफूमाथि विपत्ति ल्याएका छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूका अनुहारहरूले बताउँछन कि तिनीहरू आफ्नो गल्ती कार्यहरूको लागि दोषी छन्। अनि तिनीहरू आफ्नो पापकर्ममा अंहकार गर्दछन्। तिनीहरू सदोमका मानिसहरू जस्तै छन्। तिनीहरू आफ्ना पापहरू कसैले देख्ला भनेर प्रदर्शन गर्दैनन्। यो उनीहरूका लागि अत्यन्त हानीकारक हुनेछ। तिनीहरू आफैले स्वयंमा बढी दुःखहरू ल्याएकाछन्।