Isaiah 30:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्‍नुभएको छ, “यहूदामाथि राज्‍य गर्नेहरू नाश हुनेछन् किनभने तिनीहरू मेरो विद्रोह गर्छन्। तिनीहरू मैले नबनाएको युक्तिपछि लाग्‍छन् र मेरो इच्‍छाविरुद्ध सन्‍धि सही गर्छन् र पापमाथि पाप थुपार्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु घोषणा गर्नुहुन्‍छ, “धिक्‍कार! ती अटेरी छोराछोरीहरूलाई, जसले योजनालाई सञ्‍चालन गर्छन्‌ तर ती मेरा होइनन्, मित्रता गाँस्‍छन्, तर मेरो आत्‍माले होइन, र पापमाथि पाप बढ़ाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“धिक्‍कार! ती हठी सन्तानलाई,” याहवेह घोषणा गर्नुहुन्छ, “जसले योजनाहरू चलाउँछन्, जुन मेरा होइनन्; जसले मित्रता गाँस्छन्, तर मेरो आत्माद्वारा होइन; पापमाथि पाप थुपार्छन्;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “ती केटा-केटीहरूलाई हेर। तिनीहरूले मेरो आज्ञा पालन गर्दैनन्। तिनीहरू योजनाहरू तयार गर्छन् तर तिनीहरूले मलाई सहायता माग्दैनन्। तिनीहरूले अन्य जातिहरूसँग सम्झौता गर्छन्, तर मेरो आत्माले ती सम्झौताहरू चाहँदैनन्। ती मानिसहरूले स्वयं नै पापमाथि पापहरू थुपार्दछन्।