Isaiah 30:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू माटाका भाडाझैँ टुक्रा-टुक्रा पारिनेछौ, यति नराम्रोसित टुक्र्याइनेछौ कि ती टुक्राबाट जलेका अँगार उठाउने वा इनारबाट केही पानी उघाउनेसम्‍म खपटा पनि पाइनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुमालेको भाँड़ा निर्दयतासित फुटाएझैँ, त्‍यो टुक्रा-टुक्रा भएर फुट्‌नेछ, कि त्‍यसका टुक्राहरूमा अगेनोबाट आगो झिक्‍ने अथवा इनारबाट पानी उघाउन एउटा सानो टुक्रासम्‍म पनि रहनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो माटाका भाँडाझैँ टुक्रा-टुक्रा भएर जताततै छरपस्ट हुनेछ, जसले गर्दा चुलोबाट कोइला झिक्नलाई, अथवा इनारबाट पानी उघाउनलाई एउटा सानो टुक्राधरि पाइनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
तिमी ठूलो माटाको टुक्रिएको हाँडी जस्तो छौ। ती टुक्राहरू बेकामेका हुनेछन्। ती टुक्राहरूद्वारा न त तिमीहरू बल्दै गरेको आगो ल्याउन सक्छौ न त कुवाबाट पानी ओसार्न सक्छौ।”