Isaiah 30:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका परमपवित्र सार्वभौम परमप्रभु मानिसहरूलाई यसो भन्‍नुहुन्‍छ, “फर्केर आओ र शान्‍त भई ममाथि भरोसा गर। तब तिमीहरू बलिया र सुरक्षित हुनेछौ।” तर तिमीहरू त्‍यसो गर्न मान्‍दैनौ!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु परमेश्‍वर, इस्राएलका परमपवित्र यही भन्‍नुहुन्‍छ, “पश्‍चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ। मौनधारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्‍छ। तर तिमीहरू यी कुनै पनि कुरा चाहन्‍नौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु याहवेह, इस्राएलका पवित्र परमेश्‍वर यही भन्‍नुहुन्छ: “पश्‍चात्ताप र विश्राममा तिमीहरूको मुक्ति छ। मौनता र भरोसामा तिमीहरूको सामर्थ्य छ, तर तिमीहरूले यी कुनै पनि कुरा चाहँदैनौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु मेरा मालिक, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “यदि तिमी मकहाँ फर्किन्छौ भने तिमी सुरक्षित हुनेछौ। अनि ममाथि गरेको भरोसाले तिमीलाई मकहाँ ल्याउने शक्ति हुनेछ। ताकि तिमी शान्तिमा रहन सक्छौ।” तर तिमीहरू त्यसो गर्न चाँहदैनौ।