Isaiah 30:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तरै पनि परमप्रभु तिमीहरूलाई आफ्‍नो कृपा देखाउन पर्खिरहनुभएको छ। उहाँ तिमीहरूमाथि करुणा देखाउन तयार हुनुहुन्‍छ किनभने उहाँले सधैँ उचित कुरा गर्नुहुन्‍छ। परमप्रभुमा भरोसा राख्‍नेहरू सुखी मानिसहरू हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्‍छा गर्नुहुन्‍छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्‌नुहुन्‍छ, किनकि परमप्रभु न्‍याय गर्नुहुने परमेश्‍वर हुनुहुन्‍छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्‍यका हुन्‌!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि याहवेह तिमीहरूप्रति अनुग्रहकारी हुने इच्छा राख्नुहुन्छ; उहाँ तिमीहरूलाई दया देखाउन खडा हुनुहुनेछ। किनकि याहवेह न्यायको परमेश्‍वर हुनुहुन्छ। उहाँको बाटो हेर्नेहरू सबै धन्यका हुन्!
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले तिमीहरूप्रति यही अनुग्रह दर्शाउनु चाहनु हुन्छ। परमप्रभुले प्रतीक्षा गरिरहनु भएको छ। परमप्रभु उठेर तिमीहरूलाई सान्त्वना दिन चाहनु हुन्छ। परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ, अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ उसलाई आशीर्वाद हुनेछ।