Isaiah 30:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमी यरूशलेमका बासिन्‍दाहरू अब उसो रुनेछैनौ। परमप्रभु दयालु हुनुहुन्‍छ र तिमीहरूले मद्दतको निम्‍ति उहाँलाई पुकार्दा उहाँले जवाफ दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे यरूशलेममा बस्‍ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्‍ती सुन्‍ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेममा बस्‍ने सियोनका मानिसहरू हो, तिमीहरू फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रुँदा उहाँ अति अनुग्रहकारी हुनुहुनेछ! उहाँले सुन्‍नेबित्तिकै तिमीहरूलाई जवाफ दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुका मानिसहरू यरूशलेम र सियोन पर्वतमा बस्नेछन्। तिमीहरू लगातार रूने छैनौ। परमप्रभुले तिमीहरू रोएको सुन्नु हुनेछ अनि सान्तवना दिनु हुनेछ। परमप्रभुले तिम्रो विलाप सुन्नु हुनेछ, अनि उहाँले तिमीलाई सहयोग गर्नुहुनेछ।