Isaiah 30:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो सल्‍लाहबिना तिनीहरू सहायताको निम्‍ति मिश्रतिर दगुर्छन्। तिनीहरू मिश्रले तिनीहरूको रक्षा गरेको चाहन्‍छन् र मिश्रका राजामाथि भरोसा राख्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू मेरो सल्‍लाह नलिई मिश्रमा जान्‍छन्, फारोका रक्षाको निम्‍ति सहायता लिन जान्‍छन्‌। मिश्रदेशको छत्रछायामा शरण लिन जान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसित सल्‍लाह नलिएर, जो इजिप्टमा जान्छन्; जसले फारोदेखि सुरक्षाको आशा गर्छन्; शरणका निम्ति इजिप्टको छहारी खोज्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती केटा-केटीहरू सहायता माग्नलाई मिश्रतिर झर्दैछन् यदि त्यसो गर्नु सही थियो? तर तिनीहरू मसँग सहायता माँगेनन्। तिनीहरूले आशा गर्छन कि मसँग फिरऊनले तिनीहरूलाई बचाउँछ। मिश्रले तिनीहरूलाई सुरक्षा गरोस् भन्ने चाहन्छन्।