Isaiah 30:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले आफ्‍ना सुन र चाँदीले मोहोरेका मूर्तिहरू निकालेर कसिङ्गरझैँ यसो भन्‍दै फ्‍याँक्‍नेछौ, “मेरो दृष्‍टिबाट टाढा हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्‍याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्‍नेछौ, “पर जाओ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आफूले चाँदीले मोहोरेका मूर्तिहरू र सुनले ढालेका प्रतिमाहरूलाई तिमीहरूले अपवित्र तुल्याउनेछौ। तिमीहरूले त्यसलाई रजस्वलाको लुगाझैँ फ्याँकेर त्यसलाई, “पर जा!” भन्‍नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले सुन र चाँदीले मूर्तिहरूलाई ढाकिदिएका छौ। ती झूटो देवताहरूले तिमीहरूलाई फोहरी बनाई दिए। तर तिमीहरूले ती झूटो देवताहरूलाई आराधना गर्न रोक्न सक्छौ। तिमीहरूले ती झूटो देवताहरूलाई फोहर मैला, कसिगर जस्तै टाढा फाली दिनेछौ।