Isaiah 30:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जहिले-जहिले तिमीहरू बिउ छरौला, ती उमार्नलाई परमप्रभुले झरी पठाइदिनुहुनेछ, भूमिले प्रशस्‍त अन्‍नबाली दिनेछ। अनि तिमीहरूका पाल्‍तु पशुले प्रशस्‍त चरन पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले जमिनमा छर्ने बीउका निम्‍ति उहाँले पानी पठाइदिनुहुनेछ। भूमिबाट उब्‍जने अन्‍न सप्रिएका र प्रशस्‍त हुनेछन्‌। त्‍यस दिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले जमिनमा छरेका बिउ उमार्नका निम्ति उहाँले वर्षा पनि पठाइदिनुहुनेछ; अनि जमिनबाट आएको भोजन उत्तम र प्रशस्त हुनेछ। त्यस दिन तिमीहरूका गाईबस्तु ठूला मैदानहरूमा चर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय, परमप्रभुले तिमीहरूका निम्ति वर्षा पठाई दिनुहुनेछ। तिमीहरूले भूमिमा बिऊहरू रोप्नेछौ, अनि त्यस भूमिले तिमीहरूका निम्ति खाद्यान्न उप्जाई दिनेछ। तिमीहरूले प्रशस्त बाली पाउनेछौ। आफ्ना पाल्तु पशुहरूका लागि त्यस भूमिले प्रशस्त मात्रामा खाद्यन्न दिनेछ। त्यहाँ तिमीहरूका भेंडाका लागि विस्तृत र्खक हुनेछ।