Isaiah 30:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको सास सबै कुरा बगाउने बाढीजस्‍तो छ। त्‍यस सासले जाति-जातिलाई विनाशमा पुर्‍याउँछ र तिनका दुष्‍ट युक्ति अन्‍त गराउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको सास घिच्रोसम्‍मै डुबाउने उर्लंदो नदीझैँ छ। उहाँले जाति-जातिहरूलाई नाश गर्ने नाङ्‌लोले निफन्‍नुहुन्‍छ र उहाँले मानिसहरूलाई कुबाटोतिर लैजाने लगाम तिनीहरूका मुखमा लगाइदिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको सास गर्दनसम्म उठ्ने मुसलधारे पानीजस्तो छ। उहाँले राष्ट्रहरूलाई नाश गर्ने नाङ्लोले निफन्‍नुहुन्छ; र उहाँले मानिसहरूका बङ्गारामा फलामको लगाम लगाइदिनुहुनेछ, जसले तिनीहरूलाई दिशाहीन बनाइदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको सास एउटा महानदी समान छ जुन त्यतिञ्जेल सम्म बढिरहनेछ, जब सम्म त्यो घाँटी सम्म पुग्दैन्। परमप्रभुले राष्ट्रहरूमाथि न्याय गर्नुहुनेछ। परमप्रभुको न्याय गराई राष्टहरूलाई विनाश चाल्नीमा चले झैं हुनेछ। परमप्रभुले तिनीहरूलाई आफ्नो मुट्ठीमा ल्याउनु हुनेछ। त्यो काबु पशुलाई रत्याउनु लगाइएको लगाम जस्तै हुनेछ। त्यसले तिनीहरूलाई विनास तिर डोर्याउनेछ।