Isaiah 30:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू परमेश्वरका प्रजाचाहिँ आनन्दित हुनेछौ र पवित्र चाडमा रातमा झैँ हर्षका गीत गाउनेछौ। इस्राएलको बचाउ गर्नुहुने परमप्रभुको मन्दिरमा जाँदा बाँसुरी बजाई त्यसको सुरमा हिँड्ने मानिसहरूझैँ तिमीहरू खुसी हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पवित्र चाड़ मनाएझैँ राती तिमीहरूले भजन गाउनेछौ। परमप्रभुको पर्वत, अर्थात् इस्राएलको चट्टानतिर उहाँसित भेट गर्नलाई बाँसुरी बजाउनेहरू रमाउँदै हिँड़ेझैँ तिमीहरूको मनमा पनि रमाहट हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले पवित्र चाड मनाएको रातमा झैँ गीत गाउनेछौ; मानिसहरू बाँसुरी लिएर याहवेहको पर्वतमा, इस्राएलका चट्टानकहाँ जाँदा, तिमीहरूका हृदय आनन्दित हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस समय, तिमीहरूले खुशीको गीतहरू गाउने छौ। त्यो समय ती रातहरू झैं हुनेछ जब तिनीहरू आफ्नो उत्सव मनाउन शुरू गर्छौ। त्यतिबेला तिमीहरू ती मानिसहरू झैं खुशी हुनेछौ। जो इस्राएलको चट्टान परमप्रभुको पर्वतमा जाँदा बाँसुरीको धुन सुनेर खुशी भएका थिए।