Isaiah 30:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै दिनअघि अश्‍शूरका महाराजालाई जलाउन ठूलो आगो बाल्‍ने एउटा ठाउँ तयार गरिएको थियो। त्‍यो ठाउँ फराकिलो र गहिरो छ र त्‍यसमा दाउराको रास अग्‍लो पारी थुपारिराखेको छ। परमप्रभुले सास फेर्नुहुँदा आगाको ज्‍वालाको धारा निकाल्‍नुहुनेछ र आगो सल्‍काई त्‍यसमा लगाइदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तोपेतलाई अघिदेखि एउटा राजाको निम्‍ति तयार पारिएको हो। प्रशस्‍त आगो र दाउरासहित आगो सल्‍काउने खाल्‍डो गहिरो र ठूलो बनाइएको छ। जलिरहेको गन्‍धकको खोलाले झैँ परमप्रभुको सासले त्‍यसलाई जलाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तोपेत तयार भइसकेको छ; राजाका निम्ति त्यो तयार पारिएको छ। त्यसको अग्निकुण्ड प्रशस्त आगो र दाउरासित; गहिरो र चौडा तयार पारिएको छ; बल्दैगरेको गन्धकको खोलाझैँ याहवेहको सासले त्यसलाई दन्काइदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
धेरै पहिले देखि नै तोपेतलाई तयार पारिएको छ। यो राजाको लागि तयार छ। यो एकदम गहिरो र चौडावाला थियो। त्यहाँ दाउराको थाक र आगो छ। अनि परमप्रभुको सास बलिरहेको गन्धकको तूफान जस्तै आउँने छ अनि यो बल्नेछ।