Isaiah 30:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दक्षिणको मरुभूमिमा भएका जन्तुहरूबारे परमेश्वरको सन्देश यस्तो छ: “सिंहका गुफा, विषालु सर्प र उड्ने अजिङ्गरहरू भएका डरलाग्दा देश भएर राजदूतहरूले यात्रा गर्नेछन्। तिनीहरू आफूलाई मद्दत गर्न नसक्ने जातिलाई पुर्याउन आफ्ना गधा र ऊँटहरूमा बहुमूल्य सौगातका भारी कस्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नेगेव देशका पशुहरूका विषयमा ईश्वरवाणी: सिंह र सिंहनी, नाग र अति विषालु उड्ने सर्प निस्कने, दु:ख र वेदना भएको देशबाट भएर राजदूतहरूले आफ्ना धन-सम्पत्ति गधाहरूका पिठिउँमा र आ-आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरामा लदाएर त्यस जातिको निम्ति लैजान्छ, जसबाट तिनीहरूलाई केही लाभ हुँदैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दक्षिणी भागका जन्तुहरूको विरुद्ध भविष्यवाणी: दुःख र वेदनाको देशबाट भएर, जहाँबाट सिंह र सिंहनी, विषालु सर्प र उड्ने सर्पहरू निस्कन्छन्; राजदूतहरूले आफ्ना धनसम्पत्ति गधाहरूका पिठिउँमा र आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरोमा लदाएर त्यस जातिकहाँ लैजान्छन्, जसले तिनीहरूलाई केही लाभ दिँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
नेगव क्षेत्रका पशुहरूको निम्ति एउटा शोक सन्देश नेगव एउटा भयानक ठाउँ हो। यो ठाउँ सिंहहरू, विषालु सर्पहरू र उडने सर्पहरूले भरिएकोछ। तर केही मानिसहरू नेगव भएर यात्रा गर्छन्, तिनीहरू त्यस ठाउँमा गइरहेकाछन् जुन ठाउँले तिनीहरूलाई सघाउन सक्तैन्। तिनीहरूले आफ्नो धन-सम्पत्ति गधाहरूको पिठ्यँूमाथि चढाएकाछन्। तिनीहरूले आफ्ना बहुमूल्य खजानाहरू ऊँटहरूको पिठ्यूँमाथि चढाएकाछन्। यसको तात्पर्य हो अरू राष्ट्रहरूमाथि भर पर्ने मानिसहरूलाई यसले सहयोग गर्दैन्।