Isaiah 31:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मद्दतको लागि मिश्रदेशमा जानेहरू नाश हुनेछन्! तिनीहरू मिश्रका विशाल सैनिक शक्तिमा भर पर्दछन्: घोडा, रथ र सिपाहीहरूमा भर पर्दछन्। तर तिनीहरू परमप्रभु, इस्राएलका पवित्र परमेश्‍वरमा भरोसा राख्‍दैनन् न त उहाँको सहायता खोज्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
धिक्‍कार तिनीहरूलाई, जो मिश्रदेशमा सहायताको निम्‍ति जान्‍छन्, र घोड़ाहरूमा भर पर्दछन्, र तिनीहरूका असंख्‍य रथहरू र घोड़चढ़ीहरूको ठूलो शक्तिमा भरोसा गर्दछन्, तर तिनीहरूले इस्राएलका परमपवित्रतिर हेर्दैनन्‌ र परमप्रभुको सहायतालाई खोज्‍दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धिक्‍कार तिनीहरूलाई, जो सहायता पाउनका निम्ति इजिप्टमा जान्छन्, घोडाहरूमाथि भर पर्दछन्, तिनीहरू आफ्ना असंख्य रथहरू र घोडसवारहरूका सामर्थ्यमा भरोसा राख्छन्, तर इस्राएलका पवित्र परमेश्‍वरतिर हेर्दैनन्; न त याहवेहबाट सहायता खोज्छन्।
Nepali ERV (पवित्र बाइबल)
मिश्रतिर सहायता माग्न गइरहेको मानिसहरूलाई हेर। मानिसहरूले घोडाहरू मागिरहेका छन्। घोडाहरूले तिनीहरूलाई बचाउनेछ भनेर सोच्दछन्। मिश्रबाट आएका रथहरू र घोडचढी सैन्यहरूले तिनीहरूलाई रक्षा गर्नेछ भनेर आशा गरिरहेछन्। मानिसहरूले सोच्दछन कि विशाल सैनिक हुँदा उनीहरू सुरक्षित हुनेछन्। मानिसहरूले इस्राएलका परमपवित्रलाई भरोसा गर्दैनन्। मानिसहरू परमप्रभु सँग सहायता माग्दैनन्।