Isaiah 31:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ पनि बुद्धिमान् हुनुहुन्‍छ। उहाँले विनाश पठाउनुहुन्‍छ। दुष्‍ट मानिस र तिनीहरूका रक्षा गर्नेहरूलाई सजायँ दिनु भन्‍ने जुन हप्‍काई उहाँले दिनुभएको थियो, त्‍यो पूरा गराउँदै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि उहाँ पनि बुद्धिमान्‌ हुनुहुन्‍छ र उहाँले नाश ल्‍याउन सक्‍नुहुन्‍छ, र आफ्‍नो वचन फिर्ता लिनुहुन्‍न। कुकर्म गर्नेहरूको घराना र अधर्म काम गर्नेलाई सहायता दिनेहरूका विरुद्धमा उहाँ उठ्‌नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र विपत्ति ल्याउन सक्नुहुन्छ; उहाँले आफ्नो वचन फिर्ता लिनुहुन्‍न। उहाँ दुष्‍ट राष्ट्रको विरुद्ध उठ्नुहुनेछ, तिनीहरूको विरुद्ध, जसले दुष्‍ट काम गर्नेहरूलाई सहायता दिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तर, उहाँ परमप्रभु हुनुहुन्छ जो ज्ञानी हुनुहुन्छ। अनि परमप्रभुले नै उनीहरूका विरूद्ध कष्ट ल्याइदिनु हुन्छ। मानिसहरूले परमप्रभुको आज्ञालाई परिवर्तन गर्न सक्तैनन्। परमप्रभु उठनु हुनेछ र दुष्ट मानिसहरूका विरूद्ध लडनु हुनेछ। अनि परमप्रभु ती मानिसहरूका विरूद्ध लडनु हुनेछ जसले दुष्ट मानिसहरूलाई सघाउन सहायता गर्छन्।