Isaiah 31:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो, “गोठालाहरूले जति नै चिच्च्याए र कराए पनि तिनीहरूले सिंहलाई त्यसले मारेको शिकारबाट तर्साई भगाउन सक्दैनन्। त्यस्तै प्रकारले म सर्वशक्तिमान् परमप्रभुलाई सियोन पर्वतको रक्षा गर्नबाट रोक्न सक्ने कुनै कुरा छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “जसरी सिंह अथवा ठूलो सिंह आफ्नो शिकारमाथि घुर्रघुर्र गर्छ— र त्यसको विरुद्धमा गोठालाहरूको सम्पूर्ण दल उठे तापनि तिनीहरूको कराइले त्यो डराउँदैन, न त तिनीहरूको हल्लाले त्यो विचलित हुन्छ— त्यसै गरी सर्वशक्तिमान् परमप्रभु सियोन पर्वत र त्यसका डाँड़ाहरूमा लड़ाइँ गर्नलाई ओर्लनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मलाई यो कुरो भन्नुहुन्छ: “जसरी सिंह गर्जन्छ, अथवा जवान सिंहले आफ्नो शिकारमाथि गर्जन्छ— अनि गोठालाहरूको सम्पूर्ण दल, त्यसको विरुद्ध एकजुट भएर, तिनीहरू कराए तापनि त्यो तर्सिँदैन, अथवा तिनीहरूका हल्लाखल्लाले विचलित हुँदैन। त्यसरी नै सेनाहरूका याहवेह सियोन पर्वतमा, र त्यसको उचाइमा युद्ध गर्न आउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मलाई भन्नुभयो “जब एउटा सिंह अथवा सिंहको बच्चाले खानलाई पशु पक्रन्छ, सिंह मृत पशुको छेऊमा उभिन्छ अनि गर्जन्छ। त्यसबेला कसैले पनि ठूलो सिंहलाई डर देखाउन सक्तैन्। सिंह यदि मानिसहरू आएर कराए पनि डराउँदैन्। मानिसहरू ठूलो स्वरमा कराए पनि सिंह भाग्दैन।” यस्तै प्रकारले, सेनाहरूका परमप्रभु सियोन पर्वतमा झर्नु हुनेछ। परमप्रभुले त्यस पर्वतमाथि लडाइँ गर्नु हुनेछ।