Isaiah 31:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका राजा डरले भाग्‍नेछन् र अफिसरहरू यति साह्रो तर्सनेछन् कि तिनीहरूले आफ्‍ना लडाइँका झन्‍डा छोड्‌नेछन्।” यरूशलेममा पुजिने परमप्रभु, जसको आगोले त्‍यहाँ बलि भस्‍म पार्न दन्‍किरहन्‍छ, उहाँ बोल्‍नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको किल्‍ला त्रासले गर्दा ढल्‍नेछ र तिनीहरूका सेनापतिहरू लड़ाइँको झन्‍डा देखेर डरले आत्तिनेछन्‌। परमप्रभु, जसको अग्‍नि सियोनमा र भट्टी यरूशलेममा छ, उहाँले भन्‍नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका किल्‍ला आतङ्कको कारणले ढल्नेछ; लडाइँको झण्डा देखेर तिनीहरूका सेनापतिहरू त्रासित हुनेछन्।” याहवेह यो घोषणा गर्नुहुन्छ, जसको आगो सियोनमा छ, जसको भट्टी यरूशलेममा छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका सुरक्षाको ठाउँ ध्वंस हुने छ। तिनीहरूका अगुवाहरू पराजित हुनेछन् र झन्डा छाडेर भाग्नेछन्। परमप्रभुले यी सबै कुराहरू भनी सक्नु भयो। परमप्रभुको अग्नि स्थान सियोनमाथि छ। परमप्रभुको सियोन र भट्टी यरूशलेम हो।