Isaiah 32:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले निष्फिक्री भई आरामको जीवन बिताइरहेका छौ तर अब डरले काँप! आफ्ना वस्त्र खोल र कम्मरमा भाङ्ग्राका कपडा लगाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे निर्धक्क बस्ने महिला हो, काम। हे निश्चिन्त छोरीहरू हो, थरथराओ। आफ्ना वस्त्र उतारेर नाङ्गो होओ, र आ-आफ्नो कम्मरमा भाङ्ग्रा लगाओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे ढुक्क बस्ने स्त्रीहरू हो, थरथर होओ; आफूलाई सुरक्षित ठान्ने हे छोरीहरू हो, थरथर काम! आफ्ना राम्रा लुगा फुकाल, र आफ्ना कम्मरमा भाङ्ग्रा लगाओ।
Nepali ERV (पवित्र बाइबल)
स्त्रीहरू, तिमीहरू अहिले शान्त छौ, तर तिमीहरू भयभीत हुन पर्ला। स्त्रीहरू हो अहिले तिमीहरू शान्त अनुभव गरिरहेका छौ तर तिमीहरू चिन्तित हुन पर्नेछ। तिमीहरूको राम्रो लुगाहरू खोली देऊ अनि शोकको लुगाहरू लगाऊ। आफ्ना कम्मरमा वरिपरि ती लुगाहरू बेर।