Isaiah 32:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजमहल पनि रित्तो हुनेछ र राजधानी पूरै उजाड पारिनेछ। तिनीहरूको पहरेदारी गर्ने भवन र किल्लाहरू सदाका निम्ति ध्वस्त हुनेछन्। त्यहाँ जङ्गली गधाहरू आनन्दले डुलिहिँड्नेछन् र भेडाहरू चर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किल्ला त्यागिनेछ, गोलमाल भएको सहर सूनसान हुनेछ। किल्ला र बुर्जा सदाको निम्ति रूखो जमिन हुनेछ, वन-गधाको निम्ति हर्ष र गाईबस्तुको निम्ति चरन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किल्ला त्यागिनेछ, हल्लाको सहर शून्य हुनेछ; किल्ला र रक्षा-धरहरा सदाका निम्ति बेकामका रहनेछन्; जङ्गली गधाको निम्ति हर्ष र गाईबस्तुका निम्ति चरन हुनेछन्;
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले प्रमुख शहर छोडेर जानेछन्। तिनीहरूले राजमहल र रक्षा धरहराहरू छोडनेछन्। मानिसहरू घरहरूमा बस्ने छैनन्। तिनीहरू ओडारहरूमा बस्नेछन्। जंगली गधाहरू र भेडाहरू शहरमा बस्नेछन् अनि त्यहाँ घाँस खान पशुहरू जानेछन्।