Isaiah 32:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मूर्खले मूर्ख बोली गर्छ र दुष्‍ट कुरा सोच्‍दछ। त्‍यसका बोली र कर्मले परमप्रभुको अपमान हुँदछ। त्‍यसले कहिल्‍यै भोकालाई खुवाउँदैन वा तिर्खाएकालाई पिउन दिँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मूर्ख मानिसले मूर्खताकै कुरा गर्छ, र त्‍यसको मन दुष्‍ट काममा व्‍यस्‍त रहन्‍छ, त्‍यसले अधार्मिक काम गर्छ र परमप्रभुको विषयमा गलत कुरो फैलाउँछ। त्‍यसले भोकाएकाहरूलाई रित्तै पठाउँछ, र तिर्खाउनेहरूका निम्‍ति पानी नै दिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मूर्खले अज्ञानताको कुरा गर्छ, त्यसको मन दुष्‍ट कुराहरूमा लागिरहन्छ; त्यसले भक्तिहीनताका कामहरू गर्छ; अनि याहवेहको विषयमा गलत कुरा फैलाउँछ; भोकोलाई त्यसले भोकै छोड्छ, र तिर्खाएकोलाई त्यसले पानी दिँदैन।
Nepali ERV (पवित्र बाइबल)
मूर्ख मानिसहरूले मूर्ख कुराहरू नै गर्छन्, अनि उसको हृदयमा दुष्ट कामहरू गर्ने योजनाहरू हुँदछ। मूर्ख मानिसहरूले ती कुराहरू नै गर्न चाहन्छन् जुन गल्ती छ। मूर्ख मानिसहरूले गरीब मानिसहरूलाई भोजन गर्न दिदैन्। मूर्ख मानिसहरूले परमप्रभुको बारेमा अधार्मिक कुराहरू भन्दछन्। मूर्ख मानिसहरूले तिर्खाएका मानिसहरूलाई पानी पिउन दिंदैनन्।