Isaiah 32:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्टले दुष्ट तरिकाले काम गर्छ। त्यसले गरीबलाई झूटले नाश पार्ने र न्याय पाउनदेखि रोक्ने जाल गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बदमाशहरूको चाल दुष्टै हुन्छ, दरिद्रहरूका माग न्यायसङ्गत भए तापनि गरीबहरूलाई झूटो कुराले नाश गर्नलाई त्यसले दुष्ट उपायहरू रच्दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बदमासका काम गर्ने तरिकाहरू दुष्ट हुन्छन्, र खाँचोमा परेकाहरूको बिन्ती न्यायोचित भए तापनि गरिबहरूलाई झूटले नाश गर्नलाई त्यसले दुष्ट योजनाहरू बनाउँछ।
Nepali ERV (पवित्र बाइबल)
त्यस मूर्ख मानिसले पापलाई हतियार जस्तो चलाउँदछ। उसको योजनाहरूले गरीब मानिसहरूबाट सबै थोकहरू लुट्ने बाटो बनाउँदछ। त्यो मूर्ख मानिसले गरीब मानिसहरूको विषयमा झूटो कुराहरू गर्दछ। अनि त्यस्ता झूटो कुराहरूबाट गरीब मानिसहरू निष्पक्ष रूपबाट न्याय पाउनदेखि वञ्चित हुँदछन्।