Isaiah 33:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सियोनका पापी मानिसहरू डरले कामिरहेका छन्। तिनीहरू भन्छन्, “परमेश्वरको न्याय सदासर्वदा जलिरहने आगोझैँ छ। के हामी कोही यस्तो आगोबाट बाँच्न सक्छौं?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनमा भएका पापीहरू डराएका छन्। ईश्वरहीनहरूलाई कम्पनले समातेको छ। “भस्म गर्ने आगोसँग हामीहरूमध्ये को बस्न सक्छ र? अनन्त जलनमा हामीहरूमध्ये को रहन सक्छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सियोनमा भएका पापीहरू आतङ्कित छन्; भक्तिहीनलाई कम्पनले समातेको छ; “हामीमध्ये को भस्म पार्ने आगोको साथमा बस्न सक्ला? हामीमध्ये को अनन्तको जलनसित बस्न सक्ला?”
Nepali ERV (पवित्र बाइबल)
सियोनमा भएका पापीहरू त्रसित छन्। ती मानिसहरू जसले नराम्रा कामहरू गर्छ उनीहरू डरले काम्दछ। तिनीहरूले भने, “के हामी मध्ये कोही यस आगोबाट छिर्न सक्छौं जसले खरानी बनाउँछ? यस आगोको छेउमा बस्न सक्छौ जसले पोल्दछ?”