Isaiah 33:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिमीहरू कुशल रहनेछौ, एउटा बलियो किल्‍लामा बास गरेझैँ सुरक्षित हुनेछौ। तिमीहरू खानलाई भोजन र पिउनलाई पानी पाउनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यही मानिस उच्‍चमा बस्‍नेछ, जसको शरणस्‍थान पहाड़को किल्‍ला हुनेछ। त्‍यसको भोजन त्‍यसलाई दिइनेछ र त्‍यसलाई पानीले धोका दिनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस्तो मानिस उच्‍च स्थानहरूमा वास गर्नेछ, जसको शरणस्थान पहाडको किल्‍ला हुनेछ। त्यसलाई रोटी जुटाइनेछ, र त्यसलाई पानीको अभाव हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू उच्च ठाउँहरूमा सुरक्षित बस्ने छन्। तिनीहरूले सँधै भोजन र पानी पाउनेछन्। तिनीहरू उच्च चट्टाने किल्लाहरूमा सुरक्षित बस्नेछन्।