Isaiah 33:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बितेका दिनका विदेशी कर उठाउने मानिस र जासूसहरूको डर अब सम्झना मात्र रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका विचारमा तिमीहरूले पहिलेको त्रासलाई सम्झनेछौ। “ती मुख्य अधिकृत खोइ? कर लिने कता गए? धरहराहरूको जिम्मा लिने अधिकृत कता छन्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा विचारहरूमा तैँले पहिलेका आतङ्क सोच्नेछस्: “त्यो प्रमुख अधिकृत कहाँ छ? कर असुल गर्ने खोइ? धरहराहरूको जिम्मामा रहेका अधिकृत कहाँ छन्?”
Nepali ERV (पवित्र बाइबल)
सियोनमा हेर, हाम्रा धार्मिक चाडहरूको शहर। यरूशलेममा हेर-त्यो विश्रामको सुन्दर ठाँउ यरूशलेम एउटा पाल लगाइएको ठाउँ जस्तै हो जुन कहिल्यै उखेलिने छैन्। खाँबाहरू जसलाई उसले समातेर राखेको छ त्यो कहिल्यैमाथि तानिने छैन्। उसका कीलाहरू कहिल्यै चुँडिने छैन्।