Isaiah 33:20 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले आफ्ना चाड मनाउने सहर सियोनलाई हेर! यरूशलेमलाई हेर! त्यो कति कुशल बासस्थान हुनेछ! त्यो एउटा कहिल्यै नउठाइने पालजस्तो हुनेछ, जसका किलाहरू कहिल्यै उखेलिंदैनन् र डोरी कहिल्यै चुँडिंदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा ठहराइएका चाड़हरूको सहर सियोनलाई हेर, तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्, एउटा शान्तिमय वासस्थान, एउटा पाल, जो कहिल्यै हटाइनेछैन, जसका कीलाहरू कहिल्यै उखेलिनेछैनन्, न त त्यसका डोरीहरू चुँड़ाइनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा चाडहरूको सहर, सियोनलाई हेर; तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछ; एउटा शान्तिपूर्ण वासस्थान, त्यो पाललाई सारिनेछैन; त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्; न त त्यसका कुनै डोरी चुँडाइनेछ।