Isaiah 33:22 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[22-23] ती जहाजका पाल टाँग्‍ने सर-सामान व्‍यर्थ छन्। शत्रुका सेनाका सारा धन-सम्‍पत्ति हामी कब्‍जा गर्नेछौं र ती यति धेरै हुनेछन् कि लङ्गडाले पनि आफ्‍नो बन्‍डा पाउन सक्‍छ। परमप्रभु आफैं हाम्रा राजा हुनुहुनेछ। उहाँले हामीमाथि शासन गर्नुहुनेछ र रक्षा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमप्रभु हाम्रा न्‍यायाधीश हुनुहुन्‍छ। परमप्रभु हामीलाई व्‍यवस्‍था दिने हुनुहुन्‍छ। परमप्रभु हाम्रा राजा हुनुहुन्‍छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह हाम्रा न्यायकर्ता हुनुहुन्छ; याहवेह हाम्रो व्यवस्थादाता हुनुहुन्छ; याहवेह हाम्रा राजा हुनुहुन्छ; हामीलाई बचाउनुहुने उहाँ नै हुनुहुन्छ।