Isaiah 33:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र देशलाई स्‍थिर बनाउनुहुनेछ। उहाँले सधैँ आफ्‍ना प्रजालाई रक्षा गर्नुहुन्‍छ र तिनीहरूलाई ज्ञान र बुद्धि दिनुहुन्‍छ। परमप्रभुसितको सम्‍मान नै तिनीहरूको सबैभन्दा ठूलो धन हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका समयको लागि उहाँ पक्‍का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्‍य भण्‍डार हुनुहुनेछ। परमप्रभुको भय मान्‍नु नै यस भण्‍डारको साँचो हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँ तिमीहरूका समयमा तिमीहरूका दृढ जग; मुक्ति, बुद्धि र ज्ञानका मूल्यवान् भण्डार हुनुहुनेछ; याहवेहको भय नै यस भण्डारको साँचो हो।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेम तिमी सम्पन्न छौ। तिनी ईश्वरी ज्ञान र बुद्धिले सम्पन्न छौ। तिमीहरू मुक्तिले समृद्ध छौ। तिमीहरू परमप्रभुको आदर गर्छौ, अनि त्यसैले तिमीहरू समृद्ध छौ। यसर्थ तिमीहरू जान्न सक्छौ तिमीलाई यस्तै भइरहनेछ।