Isaiah 33:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजमार्ग यस्तो खतरनाक छ कि कोही त्यो बाटो हिँड्दैनन्। सन्धिहरू तोडिंदछन् र सम्झौताहरू रद्द गरिन्छन्। कुनै मानिसको केही आदर छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूल सड़कहरू निर्जन भएका छन्, बाटोमा यात्रीहरू छैनन्। सन्धि भङ्ग भएको छ, गवाहीहरू अवहेलित भएका छन्। कोही पनि मानिसको आदर छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजमार्गहरू त्यागिएका छन्; बाटोमा कुनै यात्री छैन। सन्धि तोडिएको छ; त्यसका गवाहीहरूलाई घृणा गरिन्छ; कसैको आदर छैन।
Nepali ERV (पवित्र बाइबल)
बाटोहरू ध्वंस भएका छन्। कोही पनि गल्लीहरूमा हिडेका छैनन्। मानिसहरूले जुन सन्धि गरेका थिए त्यसलाई भङ्ग गरिदिएकाछन्। मानिसहरूले गवाहीहरूले दिएको प्रमाण अस्वीकार गरेकाछन्। कसैले पनि अरूलाई आदर गर्दैनन्।