Isaiah 33:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
देश अल्‍छे र निर्जन भएको छ। लेबनानको बन ओइलाइसकेको छ, शारोनको मलिलो भूमि उजाड भइसकेको छ अनि बाशान र कर्मेल पर्वतमा रूखका पातहरू झरिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देशले विलाप गर्छ र उजाड़ हुन्‍छ। लेबनान शर्ममा पर्छ र ओइलिन्‍छ। शारोन अराबाझैँ हुन्‍छ। बाशान र कर्मेलले आफ्‍ना पातहरू झार्छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
देशले विलाप गर्छ र चिन्तामा छ; लेबनान लज्जित भएर ओइलाउँछ; शारोन अराबाझैँ छ, बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।
Nepali ERV (पवित्र बाइबल)
यो भूमि रोगी भएको छ। लबानोन शर्ममा परेर आइलायो र शारोन खाडी सुक्खा र रित्तो भएको छ। बाशान र कर्मेलले एकपल्ट सुन्दर पातहरू उब्जाउने थियो तर अहिले ती पातहरू उब्जन बन्द भएका छन्।