Isaiah 34:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे सबै जातिका मानिसहरू हो! आओ, भेला होओ र मेरा कुरा सुन। सारा संसार र त्यसका बासिन्दाहरू यहाँ आएर मेरा कुरा सुनून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे जाति-जातिका मानिस हो, नजिक आओ र ध्यानसित सुन। हे मानिस हो, ध्यान लगाएर सुन! पृथ्वी र त्यसमा भएका जम्मैले सुनून्, संसार र त्यसबाट उत्पन्न भएका सारा थोकले सुनून्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे जाति-जातिका मानिसहरू हो, नजिक आएर सुन; हे मानिसहरू हो, ध्यान देओ! पृथ्वी र यसमा भएका सबैले, संसार र यसबाट निस्किआउने सबैले सुनून्!
Nepali ERV (पवित्र बाइबल)
सारा जाति जातिका मानिसहरू हो नजिकै आओ र ध्यान दिएर सुन्। तिमीहरू सबैले एकदम ध्यान दिएर सुन्नुपर्छ। पृथ्वीमाथि भएका सबै मानिसहरूले यी कुराहरू सुन्नुपर्छ।