Isaiah 34:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो रात-दिन जल्नेछ, त्यसको धुवाँ सधैँभरि उठिरहनेछ। देशचाहिँ, युग-युग उजाड भइरहनेछ र त्यसबाट भएर कोही कहिल्यै हिँड्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो रातदिन निभ्नेछैन। त्यसको धूवाँ निरन्तर उठिरहनेछ। पुस्तादेखि पुस्तासम्म त्यो उजाड़ भएर रहनेछ, त्यसबाट भएर कोही पनि फेरि कहिल्यै जानेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो रात वा दिन, कहिल्यै निभ्नेछैन; त्यसको धुवाँ निरन्तर उँभो उठिरहनेछ। पुस्ता-पुस्तासम्म त्यो उजाड भएर रहनेछ; त्यसबाट भएर फेरि कोही जानेछैन।
Nepali ERV (पवित्र बाइबल)
दिन-रात आगो बलिनैरहनेछ। कसैले पनि त्यो आगो थाम्न सक्तैन। एदोमबाट धूवाँ निरन्तर निस्कानेछ। त्यो ठाउँ सदा सर्वदाको लागि ध्वंस हुनेछ। कोही पनि त्यस ठाउँबाट कहिल्यै यात्रा गर्न सक्ने छैनन्।