Isaiah 34:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो देशमा लाटोकोसेरो र कागहरू बास गर्नेछन्। परमप्रभुले त्यसलाई सृष्टिको अघिझैँ फेरि बाँझो र उजाड बनाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मरुभूमिको लाटोकोसेरो र कराउने लाटोकोसेराको त्यो वासस्थान हुनेछ, भुल्का र कागहरूले त्यसमा गुँड़ बनाउनेछन्। परमेश्वरले एदोममाथि खैलाबैलाको नाप्ने डोरी र शून्यताको साहुल तान्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई मरुभूमिको उल्लु र दुम्सीले अधिकार गर्नेछन्; ठूलो उल्लु र कागहरूले त्यसमा गुँड बनाउनेछन्। परमेश्वरले एदोममाथि गोलमालको नापडोरी र उजाडको साहुल तेर्साइदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
चराहरू र पशुहरूका आफ्नै ठाउँ हुनेछ। लाटाकोसेरोहरू, उल्लुहरू र कागहरू त्यहाँ बस्ने छ। त्यो ठाउँलाई “रित्तो मरूभूमि” भनिनेछ।