Isaiah 34:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै महल र किल्लाहरूमा काँडा र सिउँडीहरू उम्रनेछन् र त्यहाँ स्याल र लाटोकोसेराहरू बास गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसका किल्लाका बुर्जाहरूमा काँढ़ा, र त्यसका किल्लाहरूमा सिस्नु र सिउँड़ीहरू उम्रनेछन्। त्यो स्यालहरूको बस्ने अखड़ा र लाटोकोसेराहरूको घर हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका किल्लाका बुर्जाहरूमा काँडा, र त्यसका किल्लाहरूमा सिस्नु र सिउँडीहरू उम्रनेछन्। त्यो स्यालहरू र उल्लुहरूका वासस्थान हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ती सुन्दर घरहरूमा काँढाहरू र वन-झारहरू उम्रिनेछ। जङ्गली कुकुरहरू र लाटकोसेरोहरू ती घरहरूमा बस्ने छन्। जङ्गली पशुहरूले त्यहाँ बासस्थान बनाउनेछन्। ठूला-ठूला चराहरू त्यहाँ उम्रेका घाँसहरूमा बस्नेछन्।