Isaiah 34:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लाटोकोसेराले त्‍यहाँ गुँड बनाई, फूल पारी बच्‍चा काढ्‍नेछ र हुर्काउनेछ। त्‍यहाँ गिद्धहरू जोडी-जोडी भई जम्‍मा हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ लाटोकोसेराले आफ्‍नो गुँड़ बनाएर फुल पार्नेछ, र ओथ्रनेछ, र आफ्‍नो पखेटाको छायामुनि बचेराहरूलाई हेरचाह गर्नेछ। त्‍यहाँ भालेपोथी बाजहरू आ-आफ्‍ना जोड़ीसित जम्‍मा हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उल्‍लुले त्यहाँ गुँड बनाएर अण्डा पार्नेछे, त्यसले बचेरा काढेर त्यसलाई आफ्ना पखेटाको छहारीमा हुर्काउँछे; त्यहाँ बाजहरू पनि आ-आफ्ना जोडीसित भेट गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
सर्पहरूले त्यहाँ आफ्नो बासस्थान बनाउने छन्। सर्पहरूले कालो ठाउँहरूमा अण्डाहरू पार्नेछन्। अण्डाहरू फुटेर त्यहाँबाट स-साना सर्पहरू घस्रिँदै निस्कनेछन्। चराहरू जसले मरेका चीजहरू खान्छन् आइमाईहरू आफ्ना साथीहरूसँग भेट्न आए जस्तै भेला हुनेछन्।