Isaiah 34:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको पुस्‍तकमा खोजेर हेर र त्‍यहाँ लेखिएका कुरा पढ। यी जीव-जन्‍तु कुनै पनि मासिनेछैन, कुनै पनि जोडीबिना हुनेछैन। परमप्रभुले त्‍यस्‍तै आज्ञा गर्नुभएको छ। उहाँका आत्‍माले तिनीहरूलाई जम्‍मा गर्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको पत्रको मुट्ठामा हेर र पढ़। यिनमा एउटै पनि हराउनेछैन, कसैलाई आफ्‍नो जोड़ीको अभाव हुँदैन, किनकि उहाँको मुखले यो हुकुम दिनुभएको हो, र उहाँका आत्‍माले तिनीहरूलाई एकसाथ जम्‍मा गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको चर्मपत्रमा हेर र पढ: तीमध्ये एउटै पनि हराउनेछैन, कसैलाई आफ्नो जोडीको अभाव हुनेछैन। किनकि यो हुकुम उहाँको मुखले दिएको हो; अनि उहाँका आत्माले ती एकसाथ बटुल्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको पुस्तकमा हेर! पढ, त्यहाँ के लेखिएको छ। केही पनि हराएको छैन्। यो पुस्तकमा लेखिएको छ कि ती पशुहरू भेला हुनेछन्। परमेश्वरले भन्नुभयो उहाँले तिनीहरूलाई त्यहाँ एकै साथ भेला गर्नुहुनेछ। यसकारण परमेश्वरको आत्मा तिनीहरूसँग मिल्नेछ।