Isaiah 34:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ताराहरू चुर भई धुलो बन्नेछन्। आकाशचाहिँ बेरुवा-पुस्तक बेह्रिएझैँ हराउनेछ र ताराहरू दाख वा नेभाराको बोटबाट पातहरू झरेझैँ झर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आकाशका सबै ताराहरू विलीन हुनेछन्। र आकाशचाहिँ चर्मपत्रको मुट्ठोझैँ बेह्रिनेछ, दाखको बोटबाट ओइलिएका पातहरू र अञ्जीरको बोटबाट चाउरी परेका फलहरू झरेझैँ आकाशका तारानक्षत्रहरू झर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आकाशका सबै ताराहरू विलीन हुनेछन्, र आकाशचाहिँ चर्मपत्रझैँ बेरिनेछ; सम्पूर्ण तारामण्डल अङ्गुरको बोटबाट ओइलिएका पातहरू झरेजस्तै, र नेभाराको बोटबाट चाउरी परेका नेभाराहरूझैँ खस्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
आकाश किताब पढिसके पछि बन्द गरे जस्तै हुनेछ। अनि ताराहरू झर्नेछन् जसरी दाखका रूखहरू र जैतूनका रूखहरूबाट पातहरू झर्दछ। आकाशमा भएका सारा ताराहरू झर्नेछन्।