Isaiah 34:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आफ्नो तरवार स्वर्गमा बनाउनुभएको छ। त्यसले एदोममाथि प्रहार गर्नुहुनेछ, आफूले नाश गर्छु भनी ठहराउनुभएको जातिमाथि त्यसले हिर्काउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो तरवारले स्वर्गमा अघाउञ्जेल पिएको छ। हेर, इन्साफको लागि एदोममाथि त्यसको प्रहार पर्नेछ, त्यस जातिमाथि जसलाई मैले सर्वनाश गरेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो तरवार आकाशमण्डलमा पिएर तृप्त भएको छ; हेर, न्यायका लागि एदोममाथि त्यसले प्रहार गर्नेछ; त्यस जातिमाथि, जसलाई मैले नाशका निम्ति अलग गरेको छु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यस्तो घट्ने नै छ जब मेरो तरवार आकाशमा रगतले लत्पत् हुन्छ।” हेर! परमप्रभुको तरवारले एदोमलाई काटनेछन् परमप्रभुले ती मानिसहरूलाई अपराधी ठहराउनु भएकोछ। अनि तिनीहरू मर्नु नै पर्छ।