Isaiah 34:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका रगत र बोसोमा उहाँको तरवार बलि चढाएका थुमा र पाठाका रगत र बोसोमा झैँ मुछिनेछ। यो बलि परमप्रभुले बोज्रा सहरमा चढाउनुहुनेछ र एदोम देशमा यो ठूलो सहर संहार गराउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको तरवार रगतमा चोपिएको छ। त्‍यो बोसोले भरिएको छ— भेड़ा-बाख्राहरूको रगतले, भेड़ाबाख्राका मिर्गौलाको बोसोले त्‍यो लतपत भएको छ। किनभने बोज्रामा परमप्रभुको एउटा बलि छ, र एदोममा एक ठूलो संहार।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहको तरवार रगतमा चोपिएको छ; त्यो बोसोले पुष्‍ट भएको छ— थुमा र बाख्राहरूका रगत, भेडाहरूका मिर्गौलाको बोसोले लतपतिएको छ। किनकि बोज्रामा याहवेहको एउटा बलिदान छ; अनि एदोममा ठूलो संहार भएको छ।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने परमप्रभुलाई भेडा र बाख्राको प्रशस्त बलि लिइसक्नु भएको छ। परमप्रभुले निर्णय लिनु भएको छ कि बोज्रा र एदोममा संहारको समय आउनु नै पर्छ।