Isaiah 35:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू आनन्‍दसाथ यरूशलेम पुग्‍नेछन्, गीत गाउँदै, आनन्‍दले चिच्‍च्‍याउँदै, त्‍यहाँ पुग्‍नेछन्, सदासर्वदा तिनीहरू आनन्‍दित हुनेछन्, सदाकालको निम्‍ति शोक र सन्‍तापबाट मुक्त हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्‌। सदासर्वदाको आनन्‍द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमाहट र आनन्‍द प्राप्‍त गर्नेछन्, र शोक र सुस्‍केरा दूर हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहका मोल तिरेर छुटाइएकाहरू फर्कनेछन्। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्; तिनीहरूका शिरमा सदासर्वदाको आनन्दको मुकुट हुनेछ। तिनीहरू आनन्द र हर्षमा चुर्लुम्म डुब्नेछन्; अनि दुःख र सुस्केरा हराएर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।